Comments Add Comment

नेपाली संगीतमा साधना गर्ने परम्परा हरायोः शिव परियार

‘प्रोपोगान्डाका भिडियो असफल भैसक्यो’

गायक शिव परियारले पछिल्लो ९ महिनादेखि देखिएको प्रोपोगान्डाका भिडियो असफल भैसकेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै शिवले भने–‘नेपाली संगीतमा साधना गर्ने परम्परा हराइसकेको छ । अहिले गीतसंगीतमा प्रोपोगान्डा खोज्ने चलन आयो । तर, पछिल्लो ९ महिनालाई हेर्ने हो भने यो शैली पूर्ण रुपमा असफल भएको देखिन्छ । दर्शकलाई हामीले संगीतमा बाँधेर राख्न नै सकेनौं । हामीले ३ महिनामा पाक्नुपर्ने बालीलाई एक महिनामै जर्बजस्ती सुई लगाएर पकाउन खोज्दा दर्शक भड्किए । यसैले त दर्शकले ९ महिना प्रोपोगान्डाले भरिएका भिडियो हेरेर समय कटाउनुपर्यो ।’

शिवले पछिल्लो समयमा संगीतकर्मीले राम्रा गीत बजारमा ल्याउन नसक्दा दर्शकले बिहेको भिडियो हेरेर बस्नुपरेको बताए । शिवका अनुसार, नेपाली संगीत क्षेत्रमा एउटा कलाकार आउँदा अरुलाई खुच्चिङ भन्ने चलन रहेको पनि स्पष्ट पारे ।

गायक शिव परियारले कोही आउँदा कसैलाई सामान्य असर पर्ने स्विकार गरे । तर, कोही आएर वा कोही जाँदैमा संसार चल्न नै छाड्छ भन्ने भ्रममा भने पर्न नहुने उनको तर्क छ । हालै मात्र ‘आँशुको अर्थ ३’ बोलको गीत सार्वजनिक गरेका शिवले दर्शकका लागि साधना गरेर गीतसंगीत तयार पार्न आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment