+
+

कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ८ गते १३:०६

८ पुस, नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।

ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक ((डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए ।

मृतकको सनाखत भैसकेको र तीनजना पुरुष रहेको प्रहरीले जनाएको छ । अन्य विवरणसमेत प्राप्त नभएको डीएसपी खाँणले बताए ।

ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ ।  कालीगण्डकी करिडोरमै काम गर्ने ट्रक दुर्घटनामा परेको हो ।

घटनास्थल गैंडाकोटस्थित पूर्व-पश्चिम राजमार्गदेखि करिब ३५ किलोमिटरको दुरीमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?