+
+

नेकपा विवाद विद्यार्थी संगठनमा पनि, संयोजक महरलाई कारबाही गरेको तामाङको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते १६:१५

१० पुस, काठमाडौं । नेपाल  कम्युनिस्‍ट पार्टीको विवाद भातृ संगठनमा पनि  देखिन थालेको छ । शुक्रबार अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको समूहले संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ ।

संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको तामाङले शुक्रबार विज्ञप्ति जारी गरी जनाएका छन् ।

संगठनको नीति, निर्णय र विधान विपरीतका गतिविधि निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महरलाई गरिएको कारबाहीलाई अनुमोदन गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले संसद विघटनको कदम चालेपछि नेकपा अहिले विभाजित छ । प्रचण्ड- माधव समूह र ओली समूहले बेग्लाबेग्लै केन्द्रीय कमिटी बैठक गरेका छन् ।

अनेरास्वयियूका सहसंयोजक तामाङ प्रचण्ड- माधव समूहतिर छन् भने संयोजक महर केपी ओली समूहतिर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?