
नायिका सुपुष्पा भट्टले आफू समयको माग अनुसार फेरिएको स्विकार गरेकी छिन् । चलचित्र ‘रणवीर’मा काम गर्दा सोझी यूवतीको भूमिकामा देखिएकी सुपुष्पा अहिले चलचित्रमा आफ्नो भूमिका परिवर्तन गर्न खोज्दैछिन् । सामाजिक संजालमा उनले राख्ने तस्वीरमा उनी बोल्ड देखिन थालेकी छिन् ।
सुपुष्पा भन्छिन्–‘मलाई चलचित्रमा फरक भूमिका गर्न पाइयोस् भन्ने त सधै लाग्छ । तर, वास्तविक जीवनमा म बोल्ड भएँ भन्ने कुरा केही हदसम्म सत्य होला । सो समयमा मैले सहजता महशुश नगरेको पनि हुनसक्छ । अहिले म सोही कुरामा सहज भैरहेकी छु ।’
उनले, चलचित्र क्षेत्रमा आएपछि यहाँको माहोल अनुसार आफूलाई परिवर्तन गर्नुपर्ने पनि बताइन् । चलचित्रको सुटिङमा हुने माहोल र रमाइलो आफूले मिस गरेको भन्दै सुपुष्पाले चाडै नै छायांकनमा फर्किन चाहेको बताएकी छिन् । सुपुष्पाले कोरोना कारण आफूलाई मात्र नभएर सिंगो चलचित्र क्षेत्रलाई नै असर गरेको बताइन् ।
चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी सुपुष्पाले अभिनय गरेको चलचित्र ‘चपली हाइट ३’ रिलिजको प्रतिक्षामा छ ।
तस्वीरः शंकर गिरी
प्रतिक्रिया 4