
१८ पुस, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेसको राजासँग तुलना गरेका छन् । उँट, हात्ती र पुलिसहरुले मिलेर राजालाई नै खान खोजेपछि अहिलेको राजनीतिक परिस्थिति निर्माण भएको मन्त्री श्रेष्ठले बताए ।
शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै श्रेष्ठले भने,’राजालाई नै खान खोजियो, हामीलाई यो कुरा थाहा छैन र ?’
मन्त्री श्रेष्ठले प्रचण्ड समूहले बल्खुस्थित पार्टी कार्यालयको जग्गामा आँखा लगाएको बताउँदै भने, ‘खुमलटारले बल्खुको जग्गामा आँखा लगाउन पाउँदैन, धुम्बाराहीको जग्गामा आँखा लगाउन पाउँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4