Comments Add Comment

ला लिगामा बार्सिलोनाका लागि मेस्सीको पाँच सयौँ खेल पूरा

२० पुस, काठमाडौं । लिओनल मेस्सीले सपानिस ला लिगामा बार्सिलोनाका लागि पाँच सयौँ खेल खेलेका छन् । ला लिगा अन्तर्गत गएराती हुएस्काविरुद्धको खेल खेल्दै उनले उक्त उपलब्धि हात पारेका हुन् ।

चोटका कारण आइबारविरुद्धको खेल गुमाएका मेस्सीले हुएस्काविरुद्ध पहिलो रोजाइमा खेलेका थिए ।

बार्सिलोनाले हुएस्कालाई उसैको मैदानमा १-० ले पराजित गर्दा मेस्सीले भने पाँच सय खेल पूरा गरेका हुन् ।

खेलको २७औं मिनेटमा फ्रेन्की डे जोङले गरेको एक मात्र गोल मद्दतमा बार्सिलोनाले हुएस्कालाई पराजित गरेको हो । उक्त गोलमा मेस्सीले नै असिस्ट गरेका थिए ।

यस्तै मेस्सीले बार्सिलोनाका लागि सबैखाले प्रतियोगितामा गरेर ७५० खेल खेलेका छन् ।

बार्सिलोनाका लागि ला लिगामा सर्वाधिक खेल खेलेका जाभीको कीर्तिमानभन्दा मेस्सी अब ७ खेलले मात्र पछि छन् ।

यस्तै क्लबका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि जाभीकै नाममा छ । जाभीले बार्सिलोनाका लागि ७६७ खेल खेलेका छन् । मेस्सीले यही सिजन ती दुवै कीर्तिमान तोड्ने लगभग पक्का छन् ।

ला लिगामा सर्वाधिक खेल खेल्ने कीर्तिमान भने एन्डोनी जुबीजारेटाक नाममा छ । एथ्लेटिक विल्वाओ बार्सिलोना र भ्यालेन्सियाका लागि गरेर उनले ६६२ खेल खेलेका छन् ।

हुएस्काविरुद्ध साघुरो जितपछि बार्सिलोना ला लिगाको अंकतालिकामा १६ खेलबाट २८ अंकसहित पाँचौ स्थानमा उक्लेको छ । बार्सिलोना अझै शीर्ष स्थानको एट्लेटिको भन्दा १० अंकले पछि छ ।

बार्सिलोनाले रियल सोसिडाड र भियारियलसँग अंक दूरी कम बनाएको छ । सोसिडाड १८ खेलबाट ३० अंकसहित तेस्रो स्थानमा छ भने १७ खेलबाट २९ अंकसहित भियारियाल चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment