
कुमारी बैंक लिमिटेडले आफ्ना ९ नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । उपत्यकाभित्रका सात शाखाहरु बाफल, नयाँपाटि, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएता पनि मोबाईल प्रविधिबाट विद्युुतीय ई-उद्घाटन बैंकको केन्द्रीय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप जबराले बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा गरे ।
यसैगरी, बेलबारी शाखा बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर श्री ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा गरे ।
यसैगरी फिक्कल शाखाको उद्घाटन पनि बैंकका संचालक समितिका सदस्य महेशप्रसाद पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले संयुक्त रुपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिना लगायत सम्बन्धित शाखाप्रबन्धक तथा शाखा पधादिकारीहरुको उपस्थितिमा सम्पन्न भयो ।
उन्नत प्रविधिमार्फत सम्पन्न समारोह नेपाली बैंकिङ्ग क्षेत्रकै लागि नवीन शैलीमा गरिएको उद्घाटनको एक उदाहरण हो । जसपश्चात, कुमारी बैंक समसामयिक प्रविधिको ऽुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्शिएको छ । विगत १९वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका १९२ शाखा संजाल, १५२ एटिएम्, २२ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा १३ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू आगामी दिनहरूमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया 4