२१ पुस, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल पछिल्लो खेलमा साउथह्याम्पटनसँग पराजित भएको छ । ड्यानी इंग्सले गरेको एक मात्र गोल मद्दतमा साउथह्याम्पटनले लिभरपुललाई घरेलु मैदानमा १-० ले पराजित गरेको हो ।
खेलको दोस्रो मिनेटमै इङ्ग्सले जेम्स वार्ड प्रासको पासमा गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन सकेन र त्यही गोल निर्णायक बन्दा साउथह्याम्पटनले ३ अंक जोड्यो । लिभरपुलले भने म्यानचेष्टर युनाइटेडसँग अंक दूरी बढाउने मौका गुमायो ।
हारपछि पनि १७ खेलबाट ३३ अंकसहित लिभरपुल शीर्ष स्थानमै छ । एक खेल कम खेलेको युनाइटेड दोस्रो स्थानमा छ ।
लिभरपुललाई हराएपछि १७ खेलबाट २९ अंक जोड्दै साउथह्याम्पटन छैटौं स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4