
गायक शिव परियारको स्वर, उमेश रेग्मीको शब्द तथा संगीतमा तयार भएको ‘तिम्रो याद भुलाउन’को म्यूजिक भिडियो रिलिज भएको छ ।
यूवराज वाइवाको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा नरेश भट्टराई र साक्षी लम्सालले अभिनय गरेका छन् । भिडियोमा प्रेमिकाले छाडेर गएपछि मदिराको नशामा डुबेको प्रेमीको कथा प्रस्तुत गरिएको छ । विकास दाहालको सम्पादन रहेको भिडियोमा निसाल पौडेलको छायांकन छ ।
गायक शिव परियारले गीतले मदिरा पिएर रमाइलो गर्ने भन्दा पनि मदिराको नशाले खराब गर्छ भन्ने सन्देश दिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4