+
+

भैँसी चोरेर फरार भएका व्यक्ति २४ बर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २७ गते ९:१३

२७ पुस, सप्तरी । सप्तरीमा भैँसी चोरेर फरार भएका एकजना व्यक्ति २४ वर्षपछि पक्राउ रेका छन् । कंचनरुप नगरपालिका-४ पिप्रापूर्वका ५० व्षीय लक्ष्मण सरदार २४ वर्षपछि पक्राउ परेका हुन् ।

सरदारले २०५३ साल माघ २९ गते स्थानीय भरतलाल बहरखेरको भैँसी चोरेका थिए । र, अदालतले त्यस मुद्दामा २०७१ साल असार ५ गते एक महिना कैद र ३७ हजार रुपैयाँ जरिमाना तिर्ने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहँदै आएका सरदारलाई उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।

पक्राउ परेका सरदारलाई जिल्ला अदालतमा पेस गरी कैद भुक्तान गर्न राजविराज कारागार चलान गरिएको साहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?