+
+

फेसबुकमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते १६:५९

२९ पुस, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’ पेज बनाएर बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-८ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय शिव खड्का रहेका छन् ।

फेसबुक पेजमा आकर्षक तलब, सुविधा दिने झुठो विवरण राखेर ई-सेवा मार्फत १५ सयदेखि ३५ सयसम्म डिपोजिट गर्न लगाएर ४३ जना बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा खड्कालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेका खड्कालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?