+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

संसद् पुनःस्थापना पहिलो प्राथमिकता : शशाङ्क कोइराला

रासस रासस
२०७७ माघ १० गते १२:०१

१० माघ, महेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्नलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको बताए ।

‘हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो’, कोइरालाले भने, ‘पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने हो ।’ त्यसैगरी पार्टी महाधिवेशन क्रियाशील सदस्यताको नामावली सङ्कलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उनले बताए ।

‘जिल्ला-जिल्लाबाट आउनुपर्ने क्रियाशीलको नामावली अझै आउन सकेको छैन’, उनले भने, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो ।’ मातृशोकमा रहेका नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?