+
+

क्लबमा आफूमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् सुष्मा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २० गते १३:३९

नायिका सुष्मा कार्कीे काठमाण्डौको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी छिन् । सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन् ।

नायिका सुष्मा कार्कीले अनलाइनखबरसँग कुरा गर्दै आफूलाई उत्सवले गाली गलौज गरेको र आरतीले कुटपिट गरेको बताइन् । सुष्माले भनिन्–‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’

सुष्माले नायिका स्वेता खड्काले आफूलाई अपशब्द प्रयोग गरेको पनि अनलाइनखबरलाई जानकारी दिएकी छिन् । सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा नै थिए ।
यो बिषयमा पत्रकार उत्सव रसाइलीसँग कुरा गर्न खोज्दा उनको फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?