+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

क्रिकेटमा रमाउँदै बेनिशा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते १३:५५

नायिका बेनिशा हमालले शनिबार चितवनमा निर्माण भैरहेको ‘गौतम बुद्द अन्तरराष्ट्रिय क्रिकेट रंगाशाला’मा क्रिकेट खेलिन् । ग्रिष्मा ब्रोडकास्टिङले आयोजना गरेको ‘स्टार क्रिकेट २०२१’मा सहभागी हुन बेनिशा आफ्नो गृहजिल्ला चितवन पुगेकी थिइन् ।

उनको टिमले मैत्रीपूर्ण खेलमा दोश्रो स्थानमा चित्त वुझाएको थियो । ‘धुर्मुस ए’ टिमबाट खेल मैदानमा उत्रिएकी वेनिशा उत्साहित देखिइन् ।

चलचित्रमा अभिनय गरिरहेकी यी सुन्दरीका लागि क्रिकेट खेल हेर्न जती रोचक थियो, खेल्न त्यो भन्दा मुश्किल । तर, पनि आफूले निकै रमाइलो गरेको र क्रिकेटको बारेमा थोरै ज्ञान भएपनि लिएको वेनिशा बताउँछिन् ।

यो खेलमा ‘सुन्तली ए’ टिम विजयी भएको थियो । यो टिमले नगद ५ लाख पुरस्कार प्राप्त गर्यो । खेलबाट उठेको सम्पूर्ण रकम रंगाशाला निर्माणमा खर्च गरिने आयोजकले बताएको छ ।

राष्ट्रिय स्तरका खेलाडी, कलाकार र विभिन्न क्षेत्रका व्यक्तिहरुसँग क्रिकेट खेल्न पाउँदा नौलो अनुभव भएको वेनिशा बताउँछिन् । बेनिशा चाडै नै चलचित्र ‘भाँडाकुटी’को छायांकनमा व्यस्त हुनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?