+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अहिले डरै–डरमा गीत निकाल्नुपर्छः बद्री पंगेनी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते १४:४१

लोकगायक बद्री पंगेनीले अहिलेको अवस्थामा गीत सार्वजनिक गर्दा धेरै कुराको चिन्ता र डर हुने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै पंगेनीले भने–‘म मात्र होइन, म जस्ता धेरै सर्जकले गीत सार्वजनिक गर्दा धेरै कुराको डर लिनुपर्ने अवस्था छ । अहिले कलाकार धेरै छौं । सिर्जना गर्नेहरु धेरै छौं । शब्द मिल्न जान्छ कि, लय मिल्छ जान्छ कि भन्ने डर हुन्छ ।’

उनले संयोगले शब्द, लय मिल्न जाने तर बजारमा त्यस्ता श्रष्टाहरुलाई चोरको संज्ञा दिइने गरेको बताउँदै यसलाई गलत प्रवृत्ती भनेका छन् । कतिपयको भने अरुको सिर्जना चोरेर गाउने धन्दा रहेको बताउँदै त्यसलाई रोक्नुपर्ने पंगेनीले बताए ।

उनले जस्तो खालको गीत सार्वजनिक गर्दा पनि बजारमा टिकाटिप्पणी हुने अनुभव सुनाए । उनले भने–‘आधुनिक शैलीको गीत गरौं भन्नेतर्फ लाग्दा बद्रीले यस्तो गीत निकालेर बजार विगार्यो भन्न आरोप लाग्छ । मौलिक गीत निकाल्न खोज्दा सधै एउटै प्रकृतीको गीत ल्यायो भनेर गाली गर्छन् ।’

कुनै गीत चलेपछि विवादहरु पनि गीत–संगीत बजारमा देखिइरहेको हुनाले आफू पनि त्यो विवादमा परिने हो कि भन्ने कुराले डराएको बद्रीले बताए । पछिल्लो समय युटुबमा अनेकथरी ‘काण्ड’ भन्दै भिडियोहरु आइरहने हुनाले आफ्नो गीत छायाँमा पर्ने हो कि भन्ने डर पनि सर्जकमा हुने पंगेनीले बताए ।

यस्ता धेरै कुरा सोचेर एउटा सर्जकले डरै डरमा गीत सार्वजनिक गर्नुपरेको उनले बताए । बद्रीले केही दिनमै आफूले गीत सार्वजनिक गर्न लागेको पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?