+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राजदूत शेर्पाले बुझाइन् युएन डब्लुटीओका महासचिवलाई ओहोदाको प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ३० गते ९:५१

बार्सिलोना । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन (युएन डब्लुटीओ) का महासचिव जुराब पोलोलिकाशभिली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् ।उ नी विश्व पर्यटन संगठनका लागि नेपालकी प्रतिनिधि पनि हुन्।

आफ्नो प्रमाणपत्र पेस गरेपछि राजदूत शेर्पाले नेपालले कोभिड -१९ महामारीका कारण नराम्रोसंग प्रभावित विश्व पर्यटन क्षेत्रलाई पुनः सक्रिय तुल्याउन विश्व पर्यटन संगठनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरिन् ।

उनले महासचिव जुराब पोलोलिकाशभिलीले पर्यटनबारे पुनर्विचार गर्न र पर्यटन गतिविधि फेरि सुरु गर्न गरेको आह्वान नेपालका लागि पनि सान्दर्भिक रहेको बताइन् ।

सो अवसरमा बोल्दै महासचिव पोलोलिकाशभिलीले नेपालको पर्यटनका विभिन्न क्षेत्रमा विश्व पर्यटन संगठनको सहयोग जारी रहने बताए । उनले नेपाललाई एक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न म्याड्रिडस्थित नेपाली दूतावास तथा विश्व पर्यटन संगठनबीच सहकार्यमा पनि जोड दिए । उनले प्राकृतिक तथा संस्कृतिक सम्पदाको जगेर्ना गर्न नेपालको पर्यटन क्षेत्रले निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गरे।

सो अवसरमा विश्व पर्यटन संगठनको एसिया प्रशान्त क्षेत्र विभागका निर्देशक ह्यारी ह्वांग,म्याड्रिडस्थित नेपाली दूतावासका द्वितीय सचिव अर्जुन अधिकारीलगायतका अधिकारीहरुको पनि उपस्थिति रहेको स्पेनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

नेपाल सन् १९७५ मा विश्व पर्यटन संगठनको सदस्य बनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?