+
+
WC Series
पोखरा एभेन्जर्स 2025
28/2 (4.3)
VS
९३ बलमा १३८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

केएल टावरमा भ्यालेनटाइन मेला

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ३० गते ७:२८

प्रणय सप्ताह सुरु भएसँगै शहरको रंग फेरिएको छ । खासगरी रेष्टुरेन्टदेखि व्यापारिक भवनहरु समेत ‘भ्यालेनटाइन थिम’मा सजाइएको छ । यस अवसरमा किशोर एवं युवापुस्तालाई लक्षित गरेर उनीहरुले विभिन्न छुट अफर समेत दिएको छ ।

चावहिलस्थित केएल टावरले भ्यालेनटाइनको मेसो पारेर विभिन्न सामाग्रीको खरिदमा पचास प्रतिशतसम्म छुटको व्यवस्थासहित नौ दिने मेला सुरु भएको छ ।

मेलामा ४० वटा आउटलेटबाट विभिन्न छुट अफर सार्वजनिक गरिएको हो । लत्ताकपडा, विद्युतिय उपकरण लगायतको खरिदमा यस्तो छुट पाइने इभेन्ट नेपालका प्रमुख हीरामणी तिमल्सिनाले बताए । खासगरी मोबाइल, घडी, ब्यागको खरिदमा ५० प्रतिशतसम्म छुट दिइनेछ । पाँच हजारभन्दा बढी मूल्यका सामाग्री खरिद गर्ने ग्राहकले दुई वटा फिल्म टिकट समेत पाउनेछन् ।

भ्यालेनटाइन डेलाई लक्षित इभेन्टमा ग्राहकलाई गुलाबको फूल, बेलुन र क्यान्डीहरु निशुल्क दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?