+
+

२ बर्षदेखि प्रेममा इन्दिरा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते १४:४४

गायिका इन्दिरा जोशीले केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै आफू प्रेममा नरहेको र बिहेको बिषयमा नसोचेको बताएकी थिइन् । केही महिना अगाडि इन्दिराले प्रेममा नरहेको बताएपनि उनी २ बर्षदेखि प्रेममा रहेको खुलेको छ ।

इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खुलाएकी छिन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् । इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?