+
+

‘सूर्यवंशी’ले दर्शक तान्ने आशमा नयाँ बर्षमा ३ नेपाली फिल्म रिलिज हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते १३:१४

उसो त नेपाली चलचित्रको रिलिज तोकिएको मितिमा नहुनु नौलो कुरा होइन । निर्माताले राम्रो मितिलाई बुक गरिहाल्ने र पछि कुनै न कुनै बहाना बनाएर पछि सर्ने गरेको उदाहरण यसअघि देखिएको हो ।
कोरोना महामारीका कारण बन्द भएका हलहरु खुलिसकेका छन् । तर, पनि निर्माताले चलचित्र रिलिज गर्ने कुनै चटारो देखाएका छैनन् ।

सरकारले ५० प्रतिशत अकुपेन्सीलाई अझै शत प्रतिशत बनाएको छैन । यसैले पनि निर्माताहरु ५० प्रतिशत अकुपेन्सीमै चलचित्र रिलिज गर्न हच्किएका हुन् । अर्कोतिर, फाट्टफुट्ट रुपमा रिलिज भैरहेका चलचित्रमा पनि दर्शक छैनन् । यसैले एउटा ठूलो चलचित्र रिलिज भएर दर्शक हलसम्म नफर्किएसम्म निर्माताले जोखिम मोल्ने संभावना कम छ ।

अप्रिल २ मा नायक अक्षय कुमार र नायिका कट्रिना कैफले अभिनय गरेको चलचित्र ‘सूर्यवंशी’ रिलिज हुँदैछ । यो चलचित्र रिलिज भएपछि हलमा दर्शक फर्किने अपेक्षा नेपाली निर्मातामा पनि छ ।

यहीकारणले नै चैत्र २७ गते शुक्रबारबाट ३ नेपाली चलचित्र रिलिज हुँदैछन् । अक्षयले दर्शक हलसम्म फर्काएपछि त्यसको प्रभाव नेपाली चलचित्रको व्यापारमा पनि पर्ने आशा यी तिन चलचित्रका निर्मातालाई छ ।

यसैले पनि फागुण २७ गते रिलिज हुने भनिएको चलचित्र ‘लप्पन छप्पन २’ चैत्र २७ मा पुग्यो । यस्तै, यही मितिमा चलचित्र ‘कृष्ण लीला र मनसँग मन’ पनि रिलिज हुँदैछन् । यी तिनै चलचित्रका निर्माताको आशा अक्षयको चलचित्रमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?