Comments Add Comment

अब फेरि बिहेको कुरा गर्ने बेला भैसक्योः रीमा विश्वकर्मा

नायिका रीमा विश्वकर्माले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताएकी छिन् । ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीसँग कुरा गर्दै रीमाले आफ्नो बिहेको प्रसंग कोट्याइन् ।

संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी रीमाले भनिन्–‘अब बिहेको कुरा गर्दा हुन्छ । बिहेको कुरा गर्ने बेला भैसकेको छ ।’ तर, उनले दोश्रो बिहेको योजनाको बिषयमा भने केही पनि बताइनन् ।

संचारकर्मीले बिहेको प्रसंग कोट्याउँदा निर्देशक विशाल भण्डारीले बिहेको कुरा गर्दा रीमा उठेर हिड्न सक्ने बताएका थिए । त्यसको जवाफ दिदै उनले अब बेला भएको बताएकी हुन् ।

रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने पनि बताइन् । यस बिषयमा उनले भनिन्–‘हामी कोही पनि हरेक कुरामा पर्फेक्ट छैनौं । कहिलेकाही हामी कमजोर महशुश गरिरहेका हुन्छौं । हो, यस्तो बेलामा साथ दिने साथीको आवश्यकता पर्छ । यही नै मेरो विचारमा अर्थपूर्ण सम्बन्ध हो ।’

रीमाले नायिका केकी अधिकारी र निर्देशक विशाल भण्डारीसँग आफ्नो ‘अर्थपूर्ण सम्बन्ध’ रहेको बताइन् ।

बिहे कहिले गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्–‘जब मलाई गर्नुपर्छ भन्ने लाग्छ अनी गर्छु । तर, मैले एकपटक बिहे गरेर थाहा पाइसकेँ कि, बिहे मेरा लागि महत्वपूर्ण छैन ।’ रीमाले बिहे गरेको २ बर्षमा उनको डिभोर्स भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment