+
+

स्थानीय सरकारको विश्वव्यापी नेटवर्कको क्षेत्रीय अध्यक्षमा मेयर व्याञ्जु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते २०:४२

१३ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघको मान्यताप्राप्त विश्वभरका स्थानीय सरकारहरुको साझा संस्था युनाइटेड सिटिज लोकल गभर्नमेन्ट एसिया प्यासेफिक, साउथ एन्ड साउथ इष्ट एसिया अध्यक्षमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्यञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । नेटवर्कको साउथ एन्ड साउथ इष्ट एसिया च्याप्टरमा ५४ वटा देश सम्बद्ध छन् ।

स्थानीय सरकार तथा विज्ञसहित विश्वभर २ लाख ४० हजार सदस्य रहेको संस्थाको साउथ एन्ड साउथ इष्ट एसिया अध्यक्षमा आगामी ३ वर्षका लागि व्याञ्जु निर्वाचित भएका हुन् ।

व्याञ्जुका अनुसार यो संस्था स्थानीय सरकारको सवलीकरणमा कार्यरत छ । निर्वाचित गरेको भन्दै व्यञ्जुले विश्वभरका स्थानीय सरकारका प्रतिनिधिलाई धन्यवाद दिएका छन् ।

स्थानीय सरकारको विश्वकै सबैभन्दा ठूलो नेटवर्क मानिएको यो संस्थाले शहरी संस्कृति, सभ्यता, पूर्वाधार विकास, आप्रवासन, स्थानीय सरकारको स्वायत्तता र शहरीकरण लगायतका मुद्दामा चासो राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?