+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कपिलधाममा डा. हर्षबहादुरको शालिक अनावरण

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते ८:३९

१४ फागुन, बुटवल । कपिलबस्तुको वाणगंगा–९ स्थित कपिलधाममा नेपालका पहिलो लाहुरे विद्यावारिधी डा. हर्षबहादुर बुढामगरको अर्धकदको शालिकको अनावरण गरिएको छ ।

डा. बुढामगरको दशौं स्मृति दिवसको अवसरमा उनको शालिक अनावरण गरिएको हो ।

कपिलधाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट मान्यताप्राप्त तथा ख्याति कमाएका डेढ दर्जन सष्ट्राहरुको अर्धकदको शालिक राखिएको छ । सोही स्थानमा लाहुरे जीवनबाट अवकास पाएपछि ६३ वर्षको उमेरमा विद्यावारिधी गरेका बुढामगरको पनि शालिक राखिएको हो । राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहरा, डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ उन्नति बोहरा ‘शीला’ लगायतले शालिक अनावरण गरेका हुन् ।

शालिक अनावरण पछि बोल्दै पूर्व मन्त्री बोहराले डा. हर्षबहादुर बुढामगरले लाहुरे जीवनबाट अवकास पाएपछि आफ्नो जीवनलाई साहित्य, शिक्षा र समाज सेवामा समर्पण गरेर समग्र लाहुरेहरुको गरिमालाई उचो बनाएको बताए ।

कार्यक्रममा पूर्व गृहमन्त्री निरञ्जन थापा, प्राज्ञ बुँद राना, साहित्कार विजय गोविन्द श्रेष्ठ, समालोचक बालकृष्ण भट्टराई, प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ उन्नति बोहरा शिला, लेखक ऋषि आजाद लगायतले डा. हर्षबहादुरको जीवनबाट सबैले पाठ सिक्न सकिने धारणा राखेका थिए ।

वि.सं. १९८४ कार्तिक ३ गते बाग्लुङको गलकोट, कौलेनीमा जन्मिएका हर्षबहादुरले दोस्रो विश्वयुद्धमा गोर्खा राइफल्सको तर्फबाट १९४३ मा युद्ध लडेका थिए । उनको वि.सं. २०६७ माघ १४ गते, काठमाडौंमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?