+
+

‘कबड्डी ४’ निर्माणको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १३:२६

गतबर्ष १० करोड माथिको ग्रस कलेक्शन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’लाई दर्शकले औषत रुचाए । कतिपयले निर्देशक रामबाबु गुरुङले पैसा कमाउनकै लागि चलचित्र निर्माण गरेको पनि प्रतिक्रिया दिए । रामबाबुले पनि चलचित्रमा धेरै कमजोरी रहेको स्विकार गरेका थिए ।

उनले, चलचित्रको चौथो सिरिज कहिले बन्छ भनेर भन्न नसकिने बताएका थिए । तर, यसको निर्माणपक्षले ‘कबड्डी ३’ रिलिज भएको करिब डेढ बर्षपछि यसको चौथो सिरिजको घोषणा गरेको छ । निर्देशक रामबाबु गुरुङले अनलाइनखबरसँग भने–‘अहिलेलाई हामीले चलचित्र निर्माण हुने घोषणा मात्र गरेका हौं । चलचित्रको कथाको काम लगभग सकिएको छ । वैशाखदेखि छायांकन सुरु हुन्छ ।’

रामबाबुका अनुसार, यसपटक भने कथाको अन्त्य गर्ने तयारी गरिएको छ । उनले भने–‘कती यही नाममा नै दौडिरहनु भन्ने लागेर हामीले चौथो सिरिजलाई अन्तिम भनेका छौं ।’ चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । यसको निर्माणपक्षले दशैंमा चलचित्र रिलिज गर्ने तयारी गरेको वुझिएको छ ।

रामबाबुका अनुसार चलचित्रका केही पुराना र केही नयाँ कलाकार हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?