Comments Add Comment

बाँकेमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

१८ फागुन, बाँके । बाँकेको कोहलपुरमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१ नम्बरको मोटरसाइकललाई मंगलबार कोहलपुर नगरपालिका-५ किरन नाला नजिक सडकमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका-३ बस्ने २५ वर्षीय बीरेन्द्र शाही रहेका छन् । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही माइक्रोबसले ठक्कर दिँदा एकजना साईकलयात्री र अर्का एकजना पैदलयात्री पनि घाइते भएको प्रहरीले जनाएको छ ।  घाइते दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

माइक्रोबस चालकलाई निन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment