+
+

सहमतिमा चुनावी सरकार बनाऔं : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते २०:०८

१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनाव सरकार बनाउन प्रस्ताव गरेका छन् ।

अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्किएको राजनीतिक सहमति भएको भन्दै उनले पुरानै ठाउँमा फर्किएर ‘फर्गिभ एण्ड फर्गेट’ (माफ गर र बिर्सिदेऊ) को स्पिरिटमा राजनीतिक सहमति गर्नुपर्ने बताएका हुन् । स्वास्थ्य उपचार गरेर मंगलबार स्वदेश फर्किएका भट्टराईले ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव गरेका छन् ।

यसरी बन्ने सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिमा संविधान संशोधन गर्ने, संवैधानिक अंगहरुलाई निष्पक्ष बनाएर सुशासन दिने, समावेशी समृद्धिको वृहत गुरुयोजना बनाएर कार्यान्वयन गर्ने र छिमेकमा बदलिँदो भूराजनीतिलाई ध्यान दिँदै मुख्यत: भारत, चीन र अमेरिकासँग सम्बन्ध राम्रो बनाउनु पर्ने उनको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?