
२० फागुन, काठमाडौं । नेकपाको केपी ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् ।
नेकपाको आधिकारिकता विवादमा आयुक्तहरु छलफलमा जुटेका बेला बुधबार नेता बस्नेत आयोग कार्यलय पुगेका हुन् । प्रमुख आयुक्त थपलियालाई भेटेको बस्नेतले बताए ।
पार्टी एकताबद्ध बनाउने अभियान चलेको र संसदीय दल तथा केन्द्रीय कमिटीका बहुमत सदस्य कम्युनिस्ट पार्टीको सरकार ढालेर अर्को सरकार बनाउने पक्षमा नरहेको उनले बताए । ‘यो निर्वाचन आयोगको जानकारीमा छ जस्तो लाग्छ’ बस्नेतले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4