+
+

जग्गाधनी पूर्जा पाएपछि गाेलबजार बेताैनाका बासिन्दा खुसी

रासस रासस
२०७७ फागुन २० गते १४:०९

२० फागुन, काठमाडौं । पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको लालपूर्जा पाएपछि सिरहाको गोलबजार नगरपालिका-१२ बेतौनाका स्थानीयवासी खुसी भएका छन् । भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालयले गाउँमै पुगेर लालपूर्जा बाँडेपछि स्थानीयवासी खुसी भएका हु्न् ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले स्थानीयवासीलाई लालपूर्जा हस्तान्तरण गर्दै नापीका कर्मचारीले लामो समयको नापजाँचपछि तयार पारेको पूर्जा स्थानीयवासीलाई वितरण गर्न पाउँदा खुसी लागेको बताए ।

वषौंदेखि बस्दै आएको जमिनको धनीपूर्जा पाएपछि आफूलाई औधी खुसी लागेको स्थानीयवासी साहिद हुसैनले बताए । ‘बस्दै आएको गाउँब्लक जग्गामा ठूलो रकम खर्च गरेर घर निर्माण गरेको छु,’ उनले भने, ‘त्यो जग्गाको अहिले मालिक बन्न पाउँदा असाध्यै खुसी छु ।’

वडाका ३७० घरधुरीलाई जग्गाधनी पूर्जा प्रदान गरिने वडाध्यक्ष गणेश मुखियाले जानकारी दिए । अझै केही विवादित अवस्थाका जमिनको लागि पनि पहल भइरहेको उनले बताए । नापी कार्यालयका प्रमुख सुभानन्द चौधरीले ६० दिनसम्म उजुरी दिन सक्ने समय रहेकाले पूर्जामा कुनै समस्या देखापरेमा नापी कार्यालयमा सम्पर्क गरी आफ्नो काम सहजतापूर्वक गराउन आग्रह गरे ।

जग्गाधनी पूर्जा प्राप्त गरेको ६० दिनपछि भने अन्य प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?