
२० फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५ सय ३६ जनाको नमुना परीक्षण गर्दा ३७ महिला र ७० जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ । उनीहरुमध्ये बिहीबार थप ७८ सहित २ लाख ७० हजार ६८३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट हालसम्म ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७९५ रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4