+
+

३ लाख ४८ हजार डोज कोरोना खोप भोलि नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २२ गते १३:१८

२२ फागुन, काठमाडौं । ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत आइतबार उक्त परिमाणको खोप काठमाडौं आइपुग्ने जानकारी दिए ।

युनिसेफ र विस्व स्वास्थ्य संगठन नेपालको सहयोगमा स्वास्थ्य तथा जनसॅख्या मन्त्रालयले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज खोप आउन लागेको बताए ।

चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने उनले बताए । ‘चीनले दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप पनि चाँडै आउँछ, यसका लागि परराष्ट्रसँग कुरा भइरहेको छ’ सचिव अर्यालले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?