+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

किसान सूचीकरण राष्ट्रिय अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २२ गते १९:५६

२२ फागुन, काठमाडौं । किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात भएकाे छ । शनिबार काठमाडौंमा एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताए ।

यस प्रणालीमार्फत कुन किसानलाई कस्तो सहयोग गर्नुपर्ने सबै थाहा हुने भन्दै प्रधानमन्त्री ओलीले अब सरकारले व्यावसायिक सीप विकासका लागि प्रत्येक जिल्लामा तालिम सञ्चालन गर्नुका साथै कृषिमा आधारित उद्योग खोल्न सहयोग गर्ने बताए । कृषि क्षेत्रमा दिइने अनुदान नगदमा नभएर भरसक जिन्सी सामग्री खरिद गरेर दिनुपर्ने पनि उनले बताए ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अब सरकारबाट उपलब्ध हुने सेवा सुविधा वास्तविक किसानले पाउने दाबी गरिन् । किसानको नाममा राज्यको थुप्रै सम्पत्ति सकिएपनि अब सूचीकरण भएपछि यस्तो समस्या नआउने उनको भनाइ छ ।

किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन गर्न युरोपियन युनियनले सहयोग गरेको छ । यस प्रणालीमार्फत किसानका सूचना तथा विवरण एकीकृत गरी विद्युतीय प्रविधिमा आधारित तथ्यांक भण्डारण गर्ने प्रविधिको विकास गरिएको मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशमा सञ्चालन हुने किसान सूचीकरण प्रणाली सबै स्थानीय तहमार्फतसञ्चालन हुनेछ । किसानहरुले रेजिष्ट्रेसनका लागि farmer.moald.gov.np/register मा गएर आफ्नो विवरण भर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?