
फाइल तस्वीर
२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।
आइतबार बिहान सभामुख सापकोटाको कार्यकक्षमा पुगेर प्रचण्ड–नेपालले भेटवार्ता गरेका हुन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले भेटवार्ताको पुष्टि गरे पनि भेटमा भएको कुराकानीको विषयवस्तु थाहा नभएको बताए ।
पुनःस्थापित संसद बैठक बस्नुअघि भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।
अपराह्न चार बजे संसद बैठक बस्दै छ । नेकपा दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4