
२३ फागुन, काठमाडौं । नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताएका छन् ।
‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं । कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ’, पौडेलले भने । उनले अदालतको फैसला अनुरुप नै अगाडि बढ्ने बताए ।
‘सर्वोच्च अदालतलाई सधैँ सम्मान गर्दै आएका छौं । स्वतन्त्र न्यायालयमा विश्वास गर्ने राजनीतिक शक्ति हौं’, पौडेलले भने । तर, कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4