+
+

काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते ९:३५

२३ फागुन, काठमाडौं । बागमती प्रदेशमा मध्याह्नपछि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पनि मध्याह्नपछि बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू-भागहरूमा पूर्ण बदली रही अन्य पहाडी क्षेत्रमा सामान्य बदली छ । देशका बाँकी भू-भागहरूमा आंशिक बदली छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू-भागहरु तथा वागमती र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले प्रिमनसुन अवधिमा अपराह्नपछि बादल लाग्ने, चट्याङ् पर्ने र पानी पर्ने गर्दछ । मार्च, मे र जुन महिनालाई पि्रमनसुनको समय अवधि मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?