+
+

सत्ता सहकार्यबारे छलफल गर्न एमाले र जसपाले बनाए वार्ता टोली

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते १७:०९
बायाँबाट क्रमश: एमाले वार्ता टोली सदस्य विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ तथा जसपा वार्ता टोली सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल ।

२५ फागुन, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेका छन् । एमालेले सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल र जसपाले लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको वार्ता टोली बनाएको छ ।

दुई पार्टीको वार्ता टोलीबीच सत्ता सहकार्यलगायतका विषयमा छलफल भएको छ ।

यसअघि २३ फागुनको विहान जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । त्यसपछि दुई पार्टीले वार्ता टोली बनाएको जसपा स्रोतले बताएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन् ।

त्यसैले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?