
शुकरात प्राचीन दर्शन शास्त्रका एक विद्वान हुन् । इसापूर्व ४७०मा जन्मिएका उने आफ्नो जीवनको ७१ वर्षे उमेरमा पश्चिमा दर्शनशास्त्रलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेले । एथेन्सको धेरै गरिब घरमा जन्मिएका उनी दार्शनिक उपदेश दिन थालेपछि युवालाई बिगार्ने र देवनिन्दा र नास्तिक भएको झूटो दोष लगाएर विष दिएर मारिएको थियो ।
सुकरातका अनुसार शिक्षाका वैज्ञानिक र नैतिक गरी दुई पक्ष हुन्छन् । सुकरातको एक प्रसिद्ध भनाइ छ– धर्म नै ज्ञान हो र ज्ञान नै धर्म हो । सुकरातको मुख्य सन्देश आफूलाई चिन भन्ने हो ।
–अरूको असफलताको कथाबाट तपाईं सहि बाटो पत्ता लगाउने कोसिस गर्नुहोस् । किनकि अरूको कडा –मेहनतले जानेको सहि र गलत मार्ग तपाईंले सहजै पत्ता लगाउन सक्नुहुनेछ ।
–मान्छेले गर्न सक्ने केही कामहरू हुन्छन् । जुन कसैको सहयोग विना नै पनि गर्न सक्छन् ।
–बाँच्नु मात्रले अर्थ राख्दैन, तर सच्चाईका साथ बाँच्नुले अर्थ राख्दछ ।
–म कसैलाई केही पनि सिकाउन सक्दिन । म केवल उनीहरूलाई सोच्नेसम्म बनाउन सक्छु।
–अपमान गर्नेहरूले मलाई कहिलै चोट पुर्याउँदैनन् किनभने तिनीहरूले मलाई कहिलै पनि पिट्दैनन् ।
–आफैँलाई चिन्नुहोस्
–जोसँग आफूसित भएको कुरामा सन्तुष्ट छैन, ऊ आफूसित भए हुन्थ्यो भनेर सोचेको कुराबाट पनि सन्तुष्ट हुन सक्दैन ।
–मित्रता बरु ढिला गर्नुहोस् तर गरेपछि कहिल्यै नटुट्ने गरि गर्नुहोस् ।
–जहाँ श्रद्धा हुन्छ त्यहाँ डर हुन्छ, तर कतिपय ठाउँमा श्रद्धा नहुँदा पनि डर निम्तिन्छ । किनकि डरको दायरा श्रद्धाभन्दा फराकिलो हुन्छ।
–मेरो बारेमा एउटा कुरा मलाई मात्र थाहा छ, त्यो हो मलाई केही पनि थाहा छैन। अरूले त मलाई सबै आउँछ भन्ने सोच्छन् ।
–हाम्रा प्रार्थनाहरू सामान्यतया आशीषको लागि मात्रै हुनुपर्छ । किनभने हाम्रोलागि के कुराको आवश्यकता –छ भन्ने कुरा भगवानलाई राम्ररी थाहा छ।
–विवाह वा व्रह्मचर्य, मानिस चाहे जुन बाटो चुनोस् अन्तिममा पछुतो नै हुन्छ ।
–म केवल यो चाहन्छु कि साधारण मानिसहरूलाई क्षति गर्न कुनै मान्छेमा जति क्षमता हुन्छ । राम्रो –कामको लागि उनीहरूको त्यति नै क्षमता असीमित शक्ति बन्न सक्छ ।
–यो संसारमा म बिना पनि गर्न सक्ने कति कुरा छन् !
–म राजनीतिज्ञ बन्नुपूर्व एकदमै इमान्दार मानिस थिएँ ।
–झूट आफैमा मात्र खराब हुँदैन, त्यसले मान्छेको आत्मालाई पनि खराब बनाउँछ ।
–सबैभन्दा न्यानो प्रेमको सबैभन्दा चिसो अन्त हुन्छ।
–नैतिकताको प्रणाली भावनात्मक मूल्यमा आधारित हुन्छ भन्नु केवल भ्रम मात्र हो । यो पूर्ण रूपमा अश्लील अवधारणा पनि हो, जसमा कुनै सत्य छैन।
–सबै विवाहमा आधारित हुन्छ । यदि तपाईंले असल श्रीमती पाउनुभयो भने तपाईं सुखद् दाम्पत्य जीवन जिउनुहुनेछ र यदि खराब मान्छे पाउनुभयो भने तपाईं दार्शनिक बन्नुहुनेछ।
– प्रायः गहन ईच्छाले नै विकराल घृणाको जन्म हुन्छ ।
–न्यायभन्दा पहिले कुनै चीजलाई प्राथमिकता दिइनु हुँदैन।
–खुसी र दु:ख ज्योति र छाया जत्तिकै नजिक छ।
–म एथेन्सियाली वा ग्रीक होइन, संसारको एक नागरिक हुँ।
– राम्रो कुरा केवल ज्ञान हो भने खराब अज्ञानता हो।
– मान्छेबाट प्रशंसा पाउने सबभन्दा राम्रो उपाय भनेको आफूले सोचेको जस्तो हुनु चाहनु हो ।
– आलस्यमा जीवन जिउनुभन्दा आत्महत्या गर्नु ठीक हो ।
प्रतिक्रिया 4