Comments Add Comment

बंगलादेशबाट युरिया मल वीरगञ्ज आइपुग्यो

२६ फागुन, वीरगञ्ज । नेपाल सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मल वीरगञ्ज आइपुगेको छ । २ हजार ५ सय मेट्रिक टन युरिया मल वीरगञ्ज आइपुगेको हो ।

मल बोकेको एउटा रेल्वे र्‍याक मंगलबार वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको कृषि सामग्री कम्पनीको प्रदेश स्तरीय कार्यालय वीरगञ्जका प्रमुख गोरखनाथ केसीले जानकारी दिए । बंगलादेशबाट ल्याउन लागेको ५० हजार मेट्रिक टन युरिया मलमध्ये पहिलो लट २२ हजार ५ सय मेट्रिक टन युरिया आउँदैछ ।

भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्ग मार्फत नेपाल आउने क्रममा छ । २२ हजार ५ सय मेट्रिक टनमध्ये ५ हजार ६ सय २५ मेट्रिक टन कोलकाताबाट सोझै ट्रकमा विराटनगर लगिने कृषि सामग्री कम्पनीले जनाएको छ ।

बाँकी ९ हजार मेट्रिक टन युरिया मल वीरगञ्ज ल्याइनेछ । सुख्खा बन्दरगाह आइपुगेको २ हजार ५ सय मेट्रिक टन मल भन्सार जाँच पासको प्रक्रिया पूरा गरेपछि कृषि सामग्री कम्पनीको प्रदेश स्तरीय कार्यालय वीरगञ्ज आउने क्रममा रहेको केसीले बताए । दुई तीन दिनको फरकमा मल बोकेर रेल आउने र बाँकी मल भने २० दिनभित्र आइपुग्ने उनको भनाइ छ ।

सुख्खा बन्दरगाहबाट ट्रकमा ढुवानी गरी मल वीरगञ्जसम्म ल्याइने गरिएको छ । वीरगञ्जमा ल्याइएको मल कृषि सामग्री कम्पनीको विभिन्न कार्यालयमा दर्ता भएका कृषि सहकारी मार्फत किसानलाई वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment