+
+

सम्राट सिमेन्टलाई गुणस्तर विभागको कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १९:१९

२६ फागन, काठमाडौं । पाउँदै नपाएको गुणस्तर प्रमाण चिन्ह प्रयोग गरेको आरोपमा नाप तौल तथा गुणस्तर विभागले सम्राट सिमेन्ट उद्योगलाई कारबाही गरेको छ । उद्योगले उत्पादन गर्ने देव सम्राट पि्रमियम सिमेन्ट ओपीसी सिमेन्ट ५३ ग्रेडमा अनुमति नपाएको प्रमाण चिन्ह प्रयोग गरेर सिमेन्ट बिक्री गरेको आरोप उद्योगमाथि छ ।

विभागको अनुगमनका क्रममा उक्त उद्योगबाट उत्पादित ५३ ग्रेड (एनएस ५७२) उल्लेखित करिब १०० बोरा ओपीसी सिमेन्ट काठमाडौंको बाफल बिक्री राखेको पाइएको विभागका प्रवक्ता दनानाथ मिश्रद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उद्योगलाई नेपाल गुणस्तर चिन्ह ऐन-२०३७ तथा नियमावली- २०४० बमोजिम कारबाही अगाडि बढाइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?