Comments Add Comment

जुलाई ४ मा ‘कोरोना स्वतन्त्रता दिवस’ मनाउने बाइडनको योजना

२८ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी जुलाई ४ मा कोरोना भाइरस (कोभिड–१९) बाट मुक्त भएको अवसरमा स्वतन्त्रता दिवस बनाउने योजना रहेको बताएका छन् । उनले आगामी मे १ सम्ममा अमेरिकाका सबै राज्यका वयस्क नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाउन निर्देशन दिएको बताएका छन् । यो योजनाले जुलाई ४ सम्म अमेरिका सामान्य अवस्थामा फर्किने उनको भनाइ थियो ।

अमेरिकामा कोरोना नियन्त्रणको लागि लकडाउन सुरु भएको एक वर्षको अवसरमा बोल्दै बाइडनले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्रता दिइएको बताएका छन् । यसअघि उनले कोरोना राहतको लागि १९ खर्ब डलरको प्याकेजमा हस्ताक्षर गरेका थिए ।

अहिलेसम्म अमेरिकामा कोरोनाबाट पाँच लाख ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । बाइडनले अब कोरोनाबाट अमेरिकी नागरिकहरुलाई थप पीडा नहुने बताएका छन् । बाइडनले कोरोनाले अमेरिकाबाट केही महत्वपूर्ण कुराहरु खोसेको बताएका छन् । उनले आफूहरु कोरोनाको अन्त्यको निकै नजिक आइपुगेकाले सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment