Comments Add Comment

रुसले अमेरिकी निर्वाचनमा हस्तक्षेप गर्ने प्रयासको मूल्य चुकाउनुपर्छ: राष्ट्रपति बाइडन

५ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले अमेरिकाको निर्वाचनमा हस्तक्षेप गर्नको लागि गरेको प्रयासको मूल्य चुकाउनुपर्ने बताएका छन् ।

अमेरिकाको गुप्तचर संस्थाले सार्वजनिक गरेको प्रतिवेदनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिताउन निर्वाचनको प्रचारमा प्रभाव पार्ने प्रयास गरेको देखाएको थियो ।

मंगलबार सार्वजनिक भएको प्रतिवेदनमा रुसले अमेरिकी निर्वाचन प्रचारको क्रममा मानिसहरुलाई भ्रमित पार्ने, बाइडनविरुद्ध गलत दाबी गर्दै मानिलाई भड्काउन खोजेको उल्लेख छ ।

सोही प्रतिवेदनलाई आधार बनाउँदै बाइडनले एक अन्तर्वार्तामा पुटिनले यो कामको लागि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् । बाइडनले आफूलाई पुटिन हत्यारा हुन् भन्ने लागेको स्वीकार गरेका छन् ।

अमेरिकामा बाइडन सत्तामा आएसँगै रुससँगको सम्बन्ध थप चिसिएको छ । बाइडनले पुटिनविरुद्धको आगामी कदम भने उल्लेख गरेनन् । यद्यपि अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको छ ।

अमेरिकाले मार्चको सुरुमा विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिएको र जेल हालेको विषयलाई लिएर रुसका चार शीर्ष अधिकारीमाथि प्रतिबन्धको निर्णय गरेको थियो । रुसले भने विपक्षी नेतालाई कारबाही गरेको विषय आफ्नो आन्तरिक मामिला रहेको र यसमा हुने बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment