+
+

ललितपुरमा सञ्चालित मासु पसल अनुगमन, ६ पसललाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते १७:१२

६ चैत, काठमाडौं । जिल्ला बजार अनुगमन समिति ललितपुरले शुक्रबार ललितपुरमा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा समितिले ललितपुरका विभिन्न स्थानमा सञ्चालित मासु पसलको अनुगमन गरेको हो ।

बजार अनुगमनको क्रममा इजाजत नलिएका तथा प्रचलित कानुनको पालना नगरेका ६ वटा मासु पसललाई कारबाही गरिएको सहायक प्रजिअ बस्नेतले बताए । उनका अनुसार  ४ वटा मासु पसललाई बन्द नै गराइएको र २ वटा पसललाई ५ हजार रुपैयाँको दरले जरिवाना गरिएको हो ।

अनुगमन गरिएका सबै पसलमा अनिवार्य रुपमा मूल्य सूची सबैले देख्ने गरी राख्न, सर्वसाधारण जनताको स्वास्थ्य र हित कायम गर्ने कुरामा विशेष ध्यान दिइ मासुको बिक्री वितरण गर्न स्थलगत रुपमै निर्देशन दिइएको उनले बताए । साथै उचित मूल्य निर्धारण गरी गुणस्तरीय मासु बिक्री बितरणलाई प्रभावकारी बनाउन मासु व्यवसायी लगायत सबै सरोकारवालाहरुको सहभागितामा आइतबार जिल्ला प्रशासन कार्यालयमा बैठक बस्ने कार्यक्रम तय गरिएको उनले बताए ।

बजार अनुगमनमा सहायक प्रजिअ बस्नेतसहित ललितपुर महानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय ललितपुर, उद्योग वाणिज्य संघ ललितपुर, राष्ट्रिय उपभोक्ता मञ्च ललितपुरका अध्यक्ष, पत्रकार महासंघ ललितपुर शाखाका प्रतिनिधि, महानगरीय प्रहरी परिसर ललितपुर लगायतका निकायको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?