+
+

नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १० गते १३:५२

१० चैत, काठमाडौं । नेकपा एमालेकाे माधव नेपाल समूहले विद्यार्थी संगठन अनेरास्ववियुको पनि भेला आयोजना गरेको छ ।

मंगलबार काठमाडौंमा अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै समानान्तर गतिविधिलाई निरन्तरता दिएको हो ।

यसअघि नेपाल समूहले अखिल नेपाल महिला संघ र युवा संघको राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाइसकेको छ ।

विद्यार्थीको भेलाबाट पनि समानान्तर कमिटी बनाउने नेपाल समूहको तयारी छ ।

विद्यार्थीको भेलामा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका नेताहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?