+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १० गते १५:२२
पक्राउ परेका सुनिल राना

१० चैत, काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक ट्याक्टरका सहचालक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गल्याङ नगरपालिका-९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९ वर्षका गणेश गाहा घाइते भएका थिए ।

उनलाई सोही ट्याक्टरका चालक र अर्का सहचालकले कालीगण्डकी नदीमा फालिदिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रहरीले ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का २२ वर्षका सुनिल रानालाई पक्राउ गरेको छ भने चालक अमित परियार फरार छन् ।

डीएसपी अधिकारीका अनुसार चैत ५ गते घटना भएपछि चालक अमित र सहचालक सुनिल दुवै ट्याक्टर छाडेर भागेका थिए । सुनिलले पाल्पास्थित दिदीको घरमा पुगेर घटनाबारे बताएका थिए । त्यसपछि पाल्पाको प्रहरी हुँदै आफूहरुले जानकारी पाएको डीएसपी अधिकारीले बताए ।

सुनिललाई पक्राउ गरी सोधपुछ गर्दा घटना स्वीकार गरेका अधिकारीले बताए । ‘नदीमा फालेको भनिएका व्यक्तिको घरबाट पनि खोजी भएको छैन, हामीले बुझ्दा साथीकहाँ गएको होला भनेर खोजी नगरेको देखियो’ उनले भने, ‘उनको शव भेटिएको पनि छैन, हामीले गोताखोर मगाएका छौं ।’

पक्राउ परेका सुनिलमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट ७ दिनको अनुमति लिएको छ । घटनापछि फरार ट्याक्टर चालकको खोजी भइरहेको डीएसपी अधिकारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?