+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कोरोना संक्रमण बढेपछि विराटनगरमा प्रधानमन्त्री आउने कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ११ गते १८:४४

११ चैत, विराटनगर । कोरोना सङ्क्रमण बढेपछि विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओली १३ चैतमा नेकपा एमालेको प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका लागि विराटनगर आउने कार्यक्रम थियो ।

विराटनगरको वीरेन्द्र सभागृहमा कार्यक्रम राखिएकाो थियो । तर केही दिनयता विराटनगरमा कोरोना संक्रमित भेटिन थालेको र बुधबार एकै दिन १० जनामा संक्रमण पुष्टि भएपछि कार्यक्रम स्थगित गरिएको नेकपा (एमाले) प्रदेश १ का कमिटी सचिव विनोद ढकालले बताए ।

‘कोरोनाको पुनः संक्रमण बढिरहेको बेला सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ,’ उनले भने ‘यस्तो बेला प्रधानमन्त्री हिँड्न मिलेन, प्रदेशसमा आयोजना हुने सबै कार्यक्रम स्थगित भएका छन् ।’ अर्काे कार्यक्रमको मिति पछि तय गरिने उनले बताए ।

विराटनगर आउँदा प्रधानमन्त्री ओली उद्योग संगठन मोरङको कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका थियो । कोरोना महामारीका कारण प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आयोजना गरेको होली मिलन कार्यक्रम पनि स्थगित भएको छ ।

प्रदेश प्रमुख अधिकारीले चैत १५ गते होली विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका थिए । कोरोना संक्रमण बढ्न थालेकाले कार्यक्रम स्थगित गरिएको अधिकारीका स्वकीय सचिव प्रतीक ढकालले जानकारी दिए ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेश १ मा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ६ महिला र ४ पुरुष विराटनगरका हुन् । विराटनगरमा भारतबाट फर्किएकाहरुमा संक्रमण देखिएको महानगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?