+
+

बेलायतका पाँच सांसदसहित नौ जनामाथि चीनको प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १३ गते १५:०५

१३ चैत, काठमाडौं । चीनले ‘झुट र गलत सूचना’ फैलाएको आरोपमा बेलायतका पाँच सांसदसहित नौ जनामाथि प्रतिबन्ध लगाएको छ । अहिले प्रतिबन्ध लगाइएका बेलयती नागरिकहरु चीनको कट्टर आलोचक हुन् । यसअघि गत सोमबार बेलायत, अमेरिका, क्यानडा र ईयूले अल्पसंख्यक वीगर मुस्लिम समुदायको मानव अधिकार हनन गरेको भन्दै चिनियाँ कम्पनीमाथि प्रतिबन्धको निर्णय गरेका थिए । त्यसैको जवाफमा चीनले पनि बेलायती नागरिकहरुमाथि प्रतिबन्धको निर्णय गरेको हो ।

बेलायतले सिन्चियाङमा मानव अधिकारको रक्षा गरिएको दाबी पुष्टि गर्न संयुक्त राष्ट्रसंघको टोलीलाई अनुमति दिनुपर्ने बताउँदै आएको छ । चीनले सिन्चियाङमा बसोबास गर्ने वीगर मुस्लिमहरुलाई हिरासतमा लिँदै एक केन्द्रमा राखेको छ ।

उक्त केन्द्रमा चीनले मानिसहरुलाई यातना दिने, श्रम शोषण गर्ने र यौन दुव्र्यवहार गर्ने गरेको आरोप पश्चिमा मुलुकले लगाउँदै आएका छन् । तर, चीनले भने उक्त केन्द्र वीगर समुदायका मानिसहरुलाई शिक्षा दिन र आतंकवादविरुद्ध लड्ने तालिम दिन खोलिएको दाबी गर्दै आएको छ ।

प्रतिबन्धसँगै बेलायती सांसद तथा नागरिकहरुले चीन, हङकङ र मकाउ प्रवेशको अनुमति पाउने छैनन् भने उनीहरुको चीनमा रहेको सम्पत्ति पनि जफत हुनेछ । चिनियाँ नागरिक वा संस्थासँगको व्यापारमा पनि रोक लगाइएको छ । चीनको यो कदमले पश्चिमा मुलुकसँगको सम्बन्ध झनै बिग्रिँदै जाने जानकारहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?