१५ चैत, काठमाडौं । सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट अवैध औषधि बरामद गरेको छ ।
मेचीनगर नगरपालिका–७ सतिघट्टा सीमा क्षेत्रबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ४ लाख १२ हजार रुपैयाँ बराबरको औषधि सशस्त्र प्रहरीको टोलीले आइतबार बरामद गरेको हो ।
बरामद औषधि ओरियन्स कम्पनीको रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद औषधि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।