+
+

नीता र हरिहरको पाइपलाइनमा प्रोजेक्ट नै प्रोजेक्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते ११:४६

नायिका नीता ढुंगाना र नायक तथा ज्योतिष हरिहर अधिकारी केही समयदेखि प्रेममा छन् । प्रेममा रहेको यो जोडीले एकपछि अर्को प्रोजेक्टमा काम पनि गर्दैछ । होलीको अवसरमा भेटिएका नीता र हरिहरले आफूहरुले घोषणा गरेको सबै प्रोजेक्ट निर्माण हुने बताएका छन् ।

नीताको निर्देशनमा टेलिभिजनमा ‘हरिहर अधिकारी शो’ प्रशारण हुँदैछ । टेलिभिजन शोलाई उनीहरुले वेव सिरिज निर्माण अगाडिको परिक्षणको रुपमा लिएका छन् । हरिहरले भने–‘१२ भागको टेलिभिजन शो सार्वजनिक भएपछि हामी वेव सिरिज निर्माण गर्छौ । श्रीमाद्भागवत गीता’ नाम दिइएको यो सिरिज निर्माणपछि उनीहरु चलचित्रको निर्माणतर्फ लाग्नेछन् ।

नायिका नीता ढुंगानाले लकडाउन अगाडि नै घोषणा गरेको चलचित्र ‘माया’ पनि बन्ने बताइन् । अहिले यो चलचित्रको प्रि–प्रोडक्शनको काम भैरहेको उनको भनाई छ । यस्तै, हरिहरले अभिनय गर्ने भनिएको चलचित्र ‘प्रेम पूजा’को काम अड्किएको छ । तर, हरिहर यो चलचित्र पनि बन्ने बताउँछन् ।

यसरी हेर्दा, हरिहर र नीताको पाइपलाइनमा प्रोजेक्ट नै प्रोजेक्ट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?