+
+

बिस्केट जात्रा मनाउने तयारी, रथ निर्माण जारी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २१ गते ८:५९
फाइल तस्वीर

२१ चैत, काठमाडौं । कोरोना संक्रमणको जोखिमका बाबजुद भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको रथ निर्माणको काम जारी राखिएको छ । तौमढीस्थित पाँच तले मन्दिर अगाडि भैरवको रथ निर्माणको काम जारी छ ।

परम्परागत शैलीमा निर्मित प्यागोडा शैलीको तीनतले अग्लो रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो ।

आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदै छ । गत वर्ष कोरोना संक्रमणको जोखिमका कारण बिस्केट जात्रा मनाइएको थिएन ।

यस वर्ष समेत कोरोना संक्रमणको जोखिम कायमै रहे पनि सुरक्षित र मर्यादित ढंगले बिस्केट जात्रा मनाएर परम्परालाई निरन्तरता दिने तयारी गरिएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले बताए ।

बिस्केट जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागीता रहने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?