
नायक अक्षय कुमारलाई केही दिन अगाडि मात्र कोरोना पोजिटिभ देखिएको थियो । अक्षयले सामाजिक संजालमा आफ्नो कोभिड रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका थिए । उनै, अक्षयलाई आइतबार अस्पताल भर्ना गरिएको छ । उनलाई पवइको हिरानन्दानी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
चलचित्र ‘राम सेतु’को छायांकनका क्रममा अक्षयलाई कोरोना देखिएको थियो । चलचित्रको निर्माण टिमले छायांकन अगाडि बढाउने तयारी समेत गरिएको थियो । तर, चलचित्रका ४५ जना कलाकारलाई समेत कोरोना पोजिटिभ देखिएपछि दुई साताका लागि यसको छायांकन स्थगित गरिएको छ ।
भारतमा पछिल्लो २४ घन्टामा करिब एक लाख कोभिड केस देखिएको छ । पहिलो चरणको कोरोना लहरका क्रममा धेरै बलिउडकर्मीलाई यसको असर देखिएको थिएन । तर, दोश्रो चरणको कोरोनाको लहरमा धेरै बलिउडकर्मी यसको चपेटामा परेका छन् ।
यसैविच, नायक गोविन्दालाई पनि कोरोना पोजिटिभ देखिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4