+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

छिमेकीबीचको झगडामा घाइते महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते १९:१३

२३ चैत, वीरगञ्‍ज । बाराको कलैयामा छिमेकीबीचको झगडाका क्रममा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

स्थानीय मुस्तकिमा खातुनको दाउरा जलाएको विषयमा भएको झगडाका क्रममा घाइते भएकी कलैया उपमहानगरपालिका–९ कि ५५ वर्षीया नेशा खातुनको उपचार गराएर  मृत्यु भएको हो ।

नेशाका छोरा वकिल अन्सारीका अनुसार मुस्तकिमाको दाउराको चाङ जलाएको विषयमा विवाद भएको र आफूहरुमाथि आक्रमण भएको उनले बताए । स्थानीय नुरैन अन्सारी र उनका छोराहरुले आफूहरुमाथि आक्रमण गरेको वकिलले बताए ।

‘घर अगाडि झगडा गरेर अनावश्यक हो–हल्ला गरिरहेका थिए, यहाँ झगडा नगर्नु बसेर सल्टाउनु भन्दा तेरो बाउको रोड हो भन्दै उल्टै मै माथि आइलागे’ वकिलले भने ‘उनीहरुले आमालाई पनि हिर्काएका थिए, घाइते भएपछि आमालाई उपचारका लागि कलैया अस्पताल लगेका थियौं ।’

अस्पतालले डिस्चार्ज गरेर पठाएपछि घर फर्किँदै गर्दा स्वास्थ्य बिग्रिएको र फेरि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको वकिलले बताए ।

आमालाई विपक्षीले लात र मुक्काले हानेर घाइते बनाएकै कारण मृत्यु भएको दावी गर्दै वकिलले कर्तव्य ज्यान मुद्धामा उनीहरुलाई कारबाही हुनुपर्ने बताए । शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धानका लागि समिर अन्सारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले भने घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‘मृतकको पक्षले विपक्षीले हानेकै कारण मृत्यु भएको दावी गरेका छन्, घटनाबारे अनुसन्धान गरिरहेका छौँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?