+
+

बागलुङको सिर्जना फर्निचर उद्योगमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १०:२०
फाइल तस्वीर

२९ चैत, काठमाडौं । बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा लागेको आगो करिब छ घण्टापछि नियन्त्रणमा लिइएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा गएराति आगलागी भएको हो ।

गएराति दुई बजे लागेको आगो निभाउन बागलुङ, पर्वत र म्याग्दीका दमकल प्रयोग गरिएको थियो । फर्निचरमा रहेका काठपात तथा तयारी सामग्री जलेका छन् ।

आगलागीबाट भएको क्षतिको पूर्णविवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । यद्यपि करिब एक करोड बराबरको क्षति भएको अनुमान छ ।

आगलागीको कारण खुलेको छैन । आगोले थप क्षति पुर्याउन सक्ने खतरा भएपछि वरिपरिका घर परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।

आगलागीका कारण विद्युत, टेलिफोन लगायतका तारसमेत चुँडिएका छन् । बागलुङ नगरपालिका वडा नम्बर तीनका केही स्थानमा विद्युत सेवा अबरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?